१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हतियार बुझाउन लमजुङ प्रशासनको आग्रह

आश गुरुङ

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले आफूसँग भएको हातहतियार (बन्दुक) बुझाउन नागरिकलाई अनुरोध गरेको छ । आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदीश मिश्रले बताए ।

हतियार बुझाउन लमजुङ प्रशासनको आग्रह

जिल्लाभित्र रहेका इजाजत प्राप्त हात हतियारहरू निर्वाचनपश्चात् फिर्ता हुने गरी २०७९ कार्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाईमा बुझाउन हतियारधनीहरूलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार १ सय ९ वटा दर्तावाला हतियार (बन्दुक) छन् । यसमा हावादारी बन्दुक ६ वटा छन् । बाँकी १ हजार १ सय ३ मध्ये भरुवा ६ सय १९ र बृजलोडिङ ४ सय ८४ छन् । भरुवा बन्दुक १ सय ८५ वटा नवीकरण भएका छैनन् । बृजलोडिङ १ सय २१ वटा नवीकरण भएका छैनन् ।

लमजुङमा दर्ता नभएका हतियारसमेत हुन सक्ने प्रशासनको आशंका छ ।

प्रकाशित : आश्विन १६, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?