२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सम्झना रसाइली

तनहुँ — आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समय नजिकिँदै आएकाले व्यास नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जिल्लामा दुईवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमै हुने गरी निर्वाचन क्षेत्र नम्बर २ का लागि शुक्लागण्डकी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश दलबहादुर केसी नियुक्त भएका छन् ।

शनिबार शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनको मिति नजिकिँदै गएकाले निर्वाचनको आवश्यक तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए । उनले भने, ‘जिल्लाका दुईवटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन कार्यालय स्थापना गरिएको छ । यसपटक मनोनयनपत्र दर्ता र मतगणनाको काम पनि सम्बन्धित निर्वाचन कार्यालयमै हुनेछ ।’

जिल्लामा २ लाख ४८ हजार ४९५ जना मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनपछि जिल्लामा ४ हजार १५५ मतदाता थपिएको उनले बताए । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ४९० र तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख २५ हजार ५ जना मतदाता कायम रहेका छन् ।

प्रकाशित : आश्विन १६, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?