गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
गोरखा — प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि मुख्य निर्वाचत अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा शनिबार मुख्य निर्वाचन अखधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय स्थापना गरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को गोरखा नगरपालिका–९ स्थित दलभञ्याङको भू तथा जलाधार व्यवस्थापन कार्यालय गोरखामा कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को अधिकृतमा जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माले जिम्मेवारी पाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा विशेष अदालत काठमाडौंका उपसचिव नारदप्रसाद भट्टराईले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । शनिबार कार्यालय स्थापनासँगै निर्वाचन आचार संहिता र उम्मेदवारको मनोनयन पत्र दर्ता्सम्बन्धी जानकारी पनि गराइएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची छ । उम्मेदवारी दर्ताको दिन नजिकिएसँगै जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ ।
प्रकाशित : आश्विन १५, २०७९ १७:५८