३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गोरखाको चुमनुव्री पालिकालाई चीनले दियो एक्स्काभेटर

हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिकालाई चीन सरकारले एक्स्काभेटर सहयोग गरेको छ । सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा ल्याइएको छ । दुर्गमको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार हुने क्रममा छ । 

गोरखाको चुमनुव्री पालिकालाई चीनले दियो एक्स्काभेटर

संचालन व्यवस्थापनको योजना बनाएर एक्स्काभेटर प्रयोगमा ल्याउने चुमनुव्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए । ‘कोभिडअघि नै एक्स्काभेटर दिने निर्णय भइसकेको थियो, तर कोभिडका कारण केही ढिला भयो,’ उनले भने, ‘गत असारमा रसुवा नाकामा ल्याएर राखेको एक्स्काभेटर बर्खा सकिएसँगै गोरखा बजारसम्म ल्याएका छौं ।’

अब सहयोग प्राप्त एक्स्काभेटर तिहारपछि चुमनुव्री गाउँपालिका लैजाने श्रेष्ठले बताए । उक्त एक्स्काभेटर सडक सञ्जाल विस्तारमा प्रयोग गर्ने गाउँपालिकाको योजना छ ।

प्रकाशित : आश्विन १५, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?