कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजनीतिक परिवर्तन खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन : मुख्यमन्त्री पोखरेल

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न आग्रह गरेका छन् । कांग्रेस, माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धन मजबुत भए मात्र व्यवस्था बलियो हुने बताए । उनले टिकट प्राप्त गर्नका लागि राजनीतिक दलभित्रका आकांक्षीबीच रस्साकस्सी हुनु स्वाभाविक भए पनि टिकट वितरण भएपछि भने सबै एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका छन् । 

राजनीतिक परिवर्तन खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन : मुख्यमन्त्री पोखरेल

माओवादी केन्द्र पोखरा महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गठबन्धनका दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । ‘राजनीतिक व्यवस्थामा आएको परिवर्तन र मुलुकको परिवर्तन जोगाउन र त्यसलाई खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन गरेका हौं,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले टिकटका लागि दलभित्रका नेताहरूबीच विवाद भए पनि टिकट वितरण भएपछि एकताबद्ध हुनुपर्ने बताए ।

टिकट वितरण भएपछि आकांक्षीहरूले अप्ठ्यारो नमानी गठबन्धनलाई जिताउनका लागि लाग्नुपर्ने उनको भनाइ थियो ।

‘चितवनमा जस्तै एकताको सन्देश दिनुपर्छ,’ स्थानीय तहमा भरतपुर महानगरपालिकाको उदाहरण दिँदै उनले भने, ‘टिकट पाउने क्रममा प्रतिस्पर्धा हुनु स्वाभाविक हो ।’

प्रकाशित : आश्विन १५, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?