१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्की पर्वतारोही हिलारीको शव काठमाडौं पठाइयो

हरिराम उप्रेती

काठमाडौँ — मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी पर्वतारोही हिलारी नेल्सनको शव काठमाडौं पठाइएको छ । केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । 

स्की पर्वतारोही हिलारीको शव काठमाडौं पठाइयो

मनास्लु हिमालको शिखर नजिकै नेल्सनको शव फेला परेको प्रहरीले जनाएको छ । ‘शव सामागाउँ ल्याएर प्रारम्भिक काम सकी केहिब‍ेरअघि काठमाडौं पठाएका छौँ,’ एसपी खनालले भने ।

सोमबार स्की गर्ने क्रममा ४९ वर्षीय नेल्सन मनास्लु हिमालको शिखरबाट चिप्लिएर करिब ५० मिटर तल खसेकी थिइन् । हिउँले ढाकेको अवस्थामा नेल्सनको शव भेटिएको प्रहरीले जनाएको छ । आरोहणका लागि पुगेका गाइडहरूले शवको उद्धार गरेका थिए ।

प्रकाशित : आश्विन १२, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?