कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मनास्लु हिमपहिरोमा मृत्यु भएका राईको शव काठमाडौं लैजाने तयारी

हिउँमा फसेका सबैको उद्धार भयो : प्रहरी
हरिराम उप्रेती

गोरखा — मनास्लु हिमालमा सोमबार गएको हिमपहिरोमा परी मृत्यु भएका शंखुवासभाका ३४ वर्षीय अनुप राईको शव सामागाउँ ल्याइएको छ । राईको शव सिम्रीक एयरको हेलिकप्टर मार्फत् सामागाउँ ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

मनास्लु हिमपहिरोमा मृत्यु भएका राईको शव काठमाडौं लैजाने तयारी

‘१५ मिनेटअघि शव सामागाउँ ल्याइपुर्‍याएका छौं,’ उनले भने,‘प्रारम्भिक काम सकेर आजै शव काठमाडौं पठाउने तयारी भइरहेको छ ।’ मंगलबार दिउँसोदेखि नै हिउँबाट शव झिक्ने प्रयास गरिए पनि मौसक प्रतिकुलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न सकेको थिएन ।

यस्तै हिमपहिरोमा फसेका सबैको उद्धार भएको गोरखा प्रहरीले जनाएको छ । मंगलबार मात्र आठ जनाको उद्धार गरिएको छ ।उनीहरूमध्ये एक जना पुन: बेसक्याम्पतर्फ फर्किएका छन् भने सात जनालाई काठमाडौं पठाइएको छ ।

दुई जना सामान्य घाइते भने हिँडेर पहिलो क्याम्पमा आएको लामिछानेले जानकारी दिए । यसअघि सोमबार नै दुई जना घाइतेको उद्धार गरिएको थियो । मनास्लु हिमालको क्याम्प ३ र ४ बीचमा सोमबार हिमपहिरो खस्दा आरोहणका लागि पुगेकाहरू हिउँमै फसेका थिए ।

प्रकाशित : आश्विन ११, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?