२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मनास्लु हिमपहिरोबाट १० जनाको उद्धार, एउटा शव हिमालमै

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमपहिरोमा फसेकामध्ये १० जनाको उद्धार भएको छ । २ जना आधार शिविरमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

मनास्लु हिमपहिरोबाट १० जनाको उद्धार, एउटा शव हिमालमै

मंगलबार ८ जनाको उद्धार गरिएको छ । ८ जनामध्ये एक जना सामागाउँबाट पुन: बेसक्याम्पतर्फ गएका छन् भने बाँकी ७ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसोसम्म सोलुखुम्बुका किनु पेम्वा र फुर्ते शेर्पा, संखुसभाका निमा शेर्पा, निमा दोर्जे शेर्पा, दावा शेर्पा, दोलखाका फुरित शेर्पा, लाक्पा तामाङ र संखुवासभाका मोहनसिं तामाङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सोमबार २ जनाको उद्धार गरी काठमाडौं लगिएको थियो । हिमपहिरो गएको क्षेत्रमा एक जनाको शव रहेको जानकारी पाए पनि हावाका कारण उद्धारका लागि हेलिकप्टर लैजान नसकेको प्रहरीले जनाएको छ ।

‘रेस्क्यू गरी ल्याएकाहरूसँग बुझ्दा एक जनाको शव हिमपहिरो गएको ठाउँमा छ भन्ने जानकारी पाएका छौं, तर मौसमका कारण उद्धार हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले भने । मंगलबार दिउँसो उद्धारमा गएका हेलिकप्टर पनि काठमाडौं फर्किएका छन् । मौसम खुलेपछि शव ल्याउन प्रयास थालिने प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?