कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखामा स्क्रब टाइफस संक्रमित बढे

हरिराम उप्रेती

गोरखा —  जिल्लामा डेंगीसँगै स्क्रब टाइफस संक्रमितका बिरामी पनि बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लाभर १ सय ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । ११ मध्ये ६ पालिकामा डेंगी संक्रमित छन् ।

गोरखामा स्क्रब टाइफस संक्रमित बढे

सबैभन्दा बढी गोरखा नगरपालिकामा ८३, आरुघाटमा ३२, पालुङटारमा २५, अजिरकोटमा २, गण्डकी गापामा ३, भीमसेन थापा गापामा १ जनामा डेंगी देखिएको स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन नारायणबाबु अर्यालले बताए ।

त्यस्तै जिल्लाका दुई पालिकामा स्क्रब टाइफस संक्रमितको संख्या झन् बढेको छ । गोरखा नपामा ४१ र आरुघाटमा १४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको अर्यालले जनाए । मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट स्क्रब टाइफस मानिसमा सर्ने चिकित्सक बताउँछन् । ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिएकाको स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफस देखिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा आइतबार बसेको महामारी तथा प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायबीचको समन्वयात्मक बैठकले लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरू ‘खोजौँ’ र नष्ट गरौँ’ अभियान थाल्ने जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?