२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनास्लु हिमपहिरोमा ८ जना फसे

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमालमा सोमबार बिहान खसेको हिमपहिरोमा नेपालीसहित कम्तीमा ८ जना आरोही फसिरहेको प्रहरीले जनाएको छ । पहिरोमा केहीको हताहत भएको आरोहणमा सहभागीहरूले दाबी गरेका छन् ।

मनास्लु हिमपहिरोमा ८ जना फसे

मौसम खराबीले उनीहरूको उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ‘हेलिकप्टर जान सकेको छैन, उद्धारको प्रयास भइरहेको छ,’ उनले भने,‘२/३ वटा ट्रेकिङ कम्पनीका आठ जना पहिरोमा फसेका छन् भन्ने जानकारी पाएका छौं ।’ उनीहरूको अवस्थाबारे यकिन गर्न नसकिएको खनालले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :

सामागाउँ प्रहरी चौकीबाट बेसक्याम्पमा प्रहरी टोली पठाइएको उनले बताए । लगातार परेको हिउँ थुप्रिएर पहिरो खसेको मनास्लु हिमालको आधारशिविरमा रहेकाहरू बताउँछन् । ‘१५ दिन जति हिउँ परेको थियो, हिउँमाथि हिउँ थुप्रिएर भासिएर पहिरो चलेको हो,’ आधारशिविरमा रहेका माइला गुरुङले भने ।

क्याम्प ३ र ४ को बीचमा पहिरो खसेको हो । मौसम खराबीले हेलिकप्टर उड्न नसकेपछि क्याम्प १ र २ मा रहेका शेर्पाहरूले हिउँमा फसेकाहरूको उद्धार प्रयास गरिरहेका छन् ।

प्रकाशित : आश्विन १०, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?