१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
मनास्लु हिमपहिरो

मौसम खराबीले उद्धारमा कठिनाइ

हरिराम उप्रेती

गोरखा — खराब मौसमका कारण मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको छ । सोमबार बिहान ११:३० बजे झरेको पहिरोमा फसेकाहरूको यकिन विवरण भने आउन सकेको छैन ।

मौसम खराबीले उद्धारमा कठिनाइ

शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिइन् । ‘क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ,’ उनले भनिन्,‘मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन ।’

मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्धारका लागि हेलिकप्टर अहिले मनास्लुतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी शंकरहरी अचार्यले बताए । विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित : आश्विन १०, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?