गोरखा दरबारमा जमरा राखियो

हरिराम उप्रेती

गोरखा — दसैंको पहिलो दिन आज (सोमबार) गोरखा दरबारको दसैंघरमा जमरा राखिएको छ । हिन्दु विधिपूर्वक पूजा गरी १० बजेर २३ मिनेटमा उत्तम साइतमा जमरा राखिएको गोरखा दरबारका पूजारी शारदा प्रसाद भट्टराईले बताए ।

गोरखा दरबारमा जमरा राखियो

‘११ घडी १३ पलाको उत्तम साइतमा जमरा राख्यौं,’ उनले भने । दसैंघरमा १२ माना र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको भट्टराईले जानकारी दिए ।

परम्परा अनुसार तल्लो कोट र माथिल्लो कोटमा पनि जमरा राखिएको छ । दसैंको पहिलो दिन सोमबार बिहान कैलाश कोठाबाट मूल पूजाकोठामा भगवतीको सवारी गराइएको थियो । झिसमिसे उज्यालोमै भगवतीलाई सार्ने प्रचलन छ । नवरात्रभर गोरखा दरबारमा विशेष पूजा गरिँदै आएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यस वर्ष दसैंको टीकाका लागि असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम साइत मानिएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?