बागलुङमा बस र माइक्रो ठोकिँदा ७ जना घाइते

प्रकाश बराल

बागलुङ — बागलुङको मालढुंगा नजिकै बस र माइक्रोबस एक आपसमा ठोकिँदा ७ यात्रु घाइते भएका छन् । बागलुङ बजारदेखि पोखरा जाँदै गरेको ग १ ख ९२७३ नम्बरको बस र पोखरादेखि आएको बा ४ ख ७९४ नम्बरको माइक्रोबस आइतबार साँझ ठोकिँदा माइक्रोबसका यात्रु घाइते भएका हुन् ।

बागलुङमा बस र माइक्रो ठोकिँदा ७ जना घाइते

घाइतेमध्ये काठेखोला गाउँपालिका ८ की ३९ वर्षीया गंगाबहादुर कामीको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।

घाइते हुनेमा काठेखोला गाउँपालिका २ का १९ वर्षीय सागर पोडेल, बागलुङ नगरपालिका ८ सिगानाका ५३ वर्षीय राजेन्द्र खड्का, २० वर्षीय गौरी खड्का, काठेखोला गाउँपालिका २ भिमापोखराकी २४ वर्षीया तारा पौडेल, २५ वर्षीया आरती गौतम र बागलुङ नगरपालिका ११ की १९ वर्षीया सुजना शाक्य छन् । उनीहरुको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि प्रहरीले बस र माइक्रो बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बसले माइक्रोबसको पछिल्लो भागमा ठक्कर दिंदा माइक्रोबस क्षतविक्षत भएको छ ।


प्रकाशित : आश्विन ९, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?