२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्याङ्जामा फरार प्रतिवादी पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — गोरु मारेको मुद्दामा १ वर्ष १ महिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ का ३१ वर्षीय खेमबहादुर परियार पक्राउ परेका छन् । 

स्याङ्जामा फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७ को फैसालाले उनलाई सो सजाय सुनाएको थियो । प्रहरीले एक वर्षपछि परियारलाई बुधबार पक्राउ गरी बिहीबार जिल्ला अदालतमा पेस गराएको र कैद भुक्तानका लागि सोही दिन कारागार चलान गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?