कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको थासाङ गाउँपालिका ४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालक कुमार तामाङको मृत्यु भएको छ ।

मुस्ताङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक बुधबार दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेल हुँदा भित्तामा जोतिएर सडकमा पल्टँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ । घाँसा प्रहरी चौकीका इन्चार्ज असई मनबहादुर कार्कीका अनुसार दुर्घटनामा मृत्यु भएका चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन् । थप विवरण खुलेको छैन ।

थासाङ गाउँपालिका, १ टुक्चेका गोपाल पुनको ट्रकले स्याउ लिएर पोखरा झर्दै थियो ।


प्रकाशित : भाद्र २९, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?