१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लमजुङमा तास खेल्दै गरेका ५ जना पक्राउ

आश गुरुङ

लमजुङ — जुवा-तास खेल्दै गरेको अवस्थामा प्रहरीले लमजुङको बेंसीसहर नगरपालिका ७ बाट ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्थानीय खजिन्द्रबहादुर गुरुङको घरमा जुवा-तास खेलिरहेको भन्ने सूचनाको आधारमा घर खानतलासी गर्दा घरधनीसहित ५ जनालाई हारजितको बाजी राखेर तास खेलिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।

आइतबार दिउँसो ४ बजेतिर पक्राउ परेका उनीहरूको साथबाट नगद १६ हजार ६ सय ४० रुपैयाँ, तास पत्ती १ सय ५६ वटा, क्यारमबोर्ड गोटी ७ थान बरामद गरेको डीएसपी प्रकाश श्रीमलले बताए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थपको अनुमति लिई जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर दफा १२५ बमोजिम पहिलोपटक खेल्ने खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । पक्राउ परेका केही व्यक्ति भने यसअघि पनि पटकपटक पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?