बागलुङमा लागूऔषधसहित दुई युवा पक्राउ

प्रकाश बराल

बागलुङ — लागूऔषध बोकेर यात्रा गरेको भेटेपछि प्रहरीले शुक्रबार यहाँका दुई जना युवालाई पक्राउ गरेको छ । गोरखाको पालुङटार नगरपालिका ६ का १८ वर्षीय कृष्ण नेपाली र बागलुङ नगरपालिका ९ तित्याङका १९ वर्षीय अमृत परियारलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।

उनका अनुसार जिल्लाको प्रवेशद्वार मालढुंगामा प्रहरीले जाँच गर्दा ती युवाको साथमा लागूऔषध फेला परेको थियो ।

काठमाडौंबाट बागलुङ आउँदै गरेको बा ३ ख ९११२ नम्बरको माइक्रोबसमा उनीहरु यात्रारत थिए । नेपाली बसका सहचालक हुन् । उनको रातो जेब्रा झोलाभित्र राखिएको सपिङ व्यागमा ट्रमाडोल ५७८ क्याप्सुल, निट्राजेपाम ९ क्याप्सुल र गाँजाको धूलो २५ ग्राम फेला पारेको हो । उनले ल्याइदिएको लागूऔषध ओसारपसार गर्न पर्खेर बसेका परियार पनि पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : भाद्र २४, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?