३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सामूहिक बलात्कारको आरोपमा ९ जनाविरुद्ध मुद्दा

प्रतीक्षा काफ्ले

कास्की — सामूहिक बलात्कारको आरोपमा कास्की प्रहरीले ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा जबरजस्ती करणीको मुद्दा दर्ता गर्दै सात दिनको म्याद थप गरेको हो ।

बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीका निमित्त सूचना अधिकारी सुवास तिमिल्सिनाका अनुसार आरोपित एक जना फरार छन् । ‘उनको पनि खोजी कार्य भइरहेको छ‚’ उनले भने । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-३ घाचोकका अमृत ठकुरी, सन्तोष दवाडी, साजन दवाडी, राजीव बीसी, सन्जीव शाही, अनूप अधिकारी, रामेश्वर धिताल र सन्जीत नेपाली रहेका छन् । प्रहरीका अनुसार आठ जना एकै गाउँका हुन् ।

यस्तै फरार हुनेमा लमजुङका ईश्वर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घटना भदौ १३ गते रातिको हो । १३ गते दिउँसो पीडित २६ वर्षीया युवतीलाई पोखराको शान्तिनगरबाट जबरजस्ती गाडीमा राखी घाचोक लगेको तिमिल्सिनाले बताए । ‘युवती हराएको भनेर हामीलाई १४ गते बेलुका खबर आयो‚’ उनले भने, ‘पीडित हामीसँग १५ गते सम्पर्कमा आइन् । कहाँ गएको भनेर सोधपुछ गर्दा आफूलाई ९ जनाको समूहले जबरजस्ती गाडीमा राखेर घाचोक लगेको र सामूहिक रुपमा पटकपटक बलात्कार गरेको बताइन् । पीडितको बयानका आधारमा पीडकलाई १६ गते बेलुका पक्राउ गरी १७ गते मुद्दा दर्ता गरेका छौं ।’ प्रहरीले अनूप अधिकारीको नाममा रहेको बाग्मती प्रदेश ०१–०२६ च ९२१० नम्बरको गाडीसमेत नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

घटना भएको यतिका दिन भए पनि प्रहरीले खुलाउन चाहेको थिएन । बलात्कारका यी आरोपीहरू पेशाले कामदार र ठेकेदार हुन् । घाचोकको बंगुर फार्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडकले पीडित युवतीले आफूलाई जहाँ गएर जे गर्छेस् गर्, पुलिसकोमा गएर भने पनि भन भन्दै धम्की दिएको बताएकी छन् ।

प्रकाशित : भाद्र २१, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?