कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दलदलेमा बत्ती निभाएर सरकारको विरोध 

नारायण शर्मा

पूर्वी नवलपरासी — एमाले निकट राष्ट्रिय युवा संघले सरकारले देशमा भ्रष्टाचार र मूल्यवृद्धि गरेर बेथिती बढाएको भन्दै शनिबार राति दलदलेमा विरोध जनाएको छ । 

देबचुली नगरपालिकाको दलदले बजारमा शनिबार साँझ ७ बजेबाट १५ मिनेट बत्ती निभाउन आह्वान गरेर सरकारको विरोध गरिएको हो । मुख्य बजारमा बत्ती निभाएर सरकारको विरोध जनाउन सर्वसाधारणलाई आह्वान गर्दै उनीहरुले नाराबाजी गरे ।

अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु इन्धन, खाद्यान्नमा मूल्यवृद्धि, नागरिकता विधेयकका विरुद्धमा सर्वसाधारणलाई घरघरमा बत्ती निभाउन आह्वान गरेर सरकारको विरोध गरेको युवा संघले जनाएको छ ।


प्रकाशित : भाद्र ४, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?