१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत अमरापुरीको भित्रि सडकमा स्कुटरले दिएको ठक्करबाट स्थानीय ७० वर्षीय मोहनबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सोमबार स्कुटरको ठक्करबाट गम्भीर घाइते उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालक कलाधर सापकोटा र उनकी श्रीमती नन्दकली घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : श्रावण ३१, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?