वृक्षरोपणपछि आधा मात्र हुर्किने

कान्तिपुर संवाददाता

तनहुँ — चार वर्षअघि विश्व वातावरण दिवसको अवसरमा व्यास–३ अन्सनचौतारामा अशोका, धूपीलगायतका करिब ३० थरी बिरुवा रोपिएको थियो । जसमा अहिले मुस्किलले ५/७ वटा मात्र हुर्किएका छन् ।

वृक्षरोपण गर्दा सबैले संरक्षण गर्ने भनिए पनि पछिल्ला दिनमा त्यसतर्फ कसैको ध्यान नपुगेको एक्सनकी अध्यक्ष सुनिता आचार्य बताउँछिन् ।

वृक्षरोपण गरेर मात्रै नहुने गोडमेल, मलजल पनि उत्तिकै आवश्यक हुने हुँदा हेरालु नै राखी बिरुवा संरक्षण गरिएको राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सिनाले बताए ।

‘राम्रो हेरचाह र मलजन नपाउँदा रोपण गरिएका अधिकांश बिरुवाहरू मरेका छन्,’ उनले भने, ‘बिरुवा रोपेर हाम्रो कर्तव्य सक्किएको छैन भन्ने सोची समयसमयमा गोडमेल पनि गरेका छौं । रोपिएकामध्ये ७ वटा बिरुवा मरेका रहेछन् । गत असारमा त्यहीं थप ८५ वटा वृक्षरोपण गरेर हेरचाह गरेका छौं ।’

डिभिजन वन कार्यालय, तनहुँले गत आव ३ सामुदायिक वन क्षेत्रको करिब ६ हेक्टर क्षेत्रफलमा फलफूलका बिरुवा लगाइएकोमा ८० प्रतिशत बिरुवा हुर्किरहेको डिभिजन प्रमुख कोमलराज काफ्लेले बताए । भने, ‘संरक्षण भएन भने यसरी लगाइएका बिरुवा आधा जति पनि बाँच्दैनन् ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?