२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

गोरखामा कुटपिटबाट युवकको मुत्यु

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिका–५ धरमपानीका ३५ वर्षीय बुुद्धिबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।

विक बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि आँपपिपल अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।

‘शरीरमा नीलडाम देखिएको छ, यस बारेमा थप अनुसन्धान गर्दैछौँ,’ उनले भने । घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण २९, २०७९ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?