तनहुँमा अरिंगालले टोकेर एकको मृत्यु 

सम्झना रसाइली

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिंगालले टोकेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमाल रहेको जिल्ला प्रहरीले जनाएको छ ।

सेती नदी किनाराको सिसौ रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा बिहीबार राति अरिंगालले टोकेर घाइते भएका कुमालको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

अरिंगालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि पोखरा पठाइएको थियो ।


प्रकाशित : श्रावण २८, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?