स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षीय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ ।

घरबाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिबार बिहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

पुरुष मृत फेला

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत्त फेला परेका छन् ।

वालिङ–१२ लामपात छोराको घरमा हिँडेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिबार बिहान लामपातेस्थित गोरेटो बटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?