कान्तिपुरकर्मी गुरुङलाई कञ्चन पत्रकारिता पुरस्कार

कान्तिपुर संवाददाता

पोखरा — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ बाट लमजुङका कान्तिपुर संवाददाता आश गुरुङ र कास्कीका पत्रकार उदयबहादुर अमात्यलाई शुक्रबार पोखरामा पुरस्कृत गरेको छ । 

कान्तिपुरकर्मी गुरुङलाई कञ्चन पत्रकारिता पुरस्कार

बुवा वेदमान र आमा नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजूको परिवारद्वारा स्थापित पुरस्कार फोनिजले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा प्रदान गरेको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृतद्वय गुरुङ र अमात्यलाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरे ।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिले पत्रकारद्वयलाई पुरस्कारका लागि छनोट गरेको थियो । यसअघि उक्त पत्रकारिता पुरस्कारबाट बागलुङका राजेशचन्द्र राजभण्डारी र कास्कीका रुद्रबहादुर थापा, कास्कीकी शान्ति गुरुङ र नवलपुरका केबी राना पुरस्कृत भइसकेका छन् ।

संस्थाका महासचिव सुमन गुरुङले गुभाजू परिवारद्वारा स्थापित ७ लाख रुपैयाँको अक्षय कोषमा यस वर्ष एक लाख रुपैयाँ थप गरी ८ लाख पुर्‍याइएको बताए ।


प्रकाशित : श्रावण २७, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?