कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

महँगी, भ्रष्टाचारको विरोधमा कावासोतीमा प्रदर्शन

नारायण शर्मा

पूर्वी नवलपरासी — महँगी, भ्रष्टाचारलगायत अनियमितता रोक्नु पर्ने भन्दै नेकपा एमालेले कावासोतीमा बुधबार सरकारविरुद्ध प्रर्दशन गरेको छ । प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानर बोकेर कावासोती बजार परिक्रमा गरेका थिए । प्रदर्शन कोणसभा गरी समापन गरिएको थियो 

महँगी, भ्रष्टाचारको विरोधमा कावासोतीमा प्रदर्शन

कावासोतीको फलफूल चोकमा आयोजित कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले सरकार भ्रष्टाचारमा डुबेर जनजीविकाका सवालमा नागरिकलाई बेवास्ता गरेको आरोप लगाए ।

अधिकारीले नागरिकता विधयेक ल्याएर सरकारले देश र जनविरोधी काम गरेको पनि बताएका थिए । यस्तै पछिल्लो समय महँगी र अनियमितता बढेकोमा सरकारले रोक्नुपर्ने उनको माग थियो ।

प्रकाशित : श्रावण २५, २०७९ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?