३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एटीएम मेसिन फोर्दै गर्दा युवा पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — पोखरा महानगरपालिका–१७ विरौटमा रहेका एनआईएसिया बैंकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा युवा पक्राउ परेका छन् । कास्की प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विकलाई शुक्रबार राति पक्राउ गरेको हो ।

मेसिन फोरेर रुपैयाँ चोरी हुँदै गरेको सूचना आएपछि प्रहरीले तत्कालै पक्राउ गरेको जनाएको छ ।

विकलाई जिल्ला अदालत कास्कीमा आइतबार चोरी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए । उनका अनुसार कृष्णबहादुर विक यसभन्दा अघि माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा गएका विक पछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी छुटेको अभिलेखमा देखिएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?