भीरबाट खसेको ढुंगा लागेर घाइते, हेलिकप्टरबाट उद्धार

हरिराम उप्रेती

गोरखा — यारु भीरबाट खसेको ढुंगाले सख्त घाइते बनेका धार्चे गाउँपालिका– ७ भीरकुनाका ३३ वर्षीय पुलसिंह गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

भीरबाट खसेको ढुंगा लागेर घाइते, हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाँपालिका–३ फिलिममा खच्चड मार्फत् उपभोग्य सामग्री ढुवानी गरेर फर्कँदै गर्दा शुक्रबार यारुभीरबाट खसेको ढुंगाले लागेर गुरुङ सख्त घाइते बनेका छन् ।

उनको टाउको, हात र खुट्टामा चोट लागेको स्थानीय विशाल हिमाली घलेले जानकारी दिए । घाइते गुरुङ खच्चड धनी पनि हुन् । शुक्रबार बिहान करिब १० बजेतिर घटना भएको घलेले बताए ।

धार्चे गाउँपालिका–१ को यारुभीरबाट पटकपटक ढुङ्गा खस्ने समस्याले पैदलयात्रुले सास्ती भोग्नु परेको छ । गुरुङलाई उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?