तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ स्थित छिर्कनेमा शुकबार दिउँसो यात्रुवाहक बस पल्टिँदा ७ जना घाइते भएका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा ४ ख ४५५८ नम्बरको बस अनियन्त्रीत भई सडकमा पल्टिँदा बसमा सवार ७ जना घाइते भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घाइतेहरूको उद्धार गरी लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ।

प्रकाशित : श्रावण २०, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?