२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नवलपरासीको नमूना माध्यमिक विद्यालयमा बाढी पस्यो

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटस्थित जनक नमूना माध्यमिक विद्यालयमा मङलबार बाढी पसेर कोठामा रहेका ४० वडा कम्प्युटरमा क्षति पुगेको बताइएको छ ।

नवलपरासीको नमूना माध्यमिक विद्यालयमा बाढी पस्यो

महेन्द्र राजमार्गदेखि उत्तरतर्फबाट आएको बाढीले स्कुलको पर्खाल भत्काउँदा यस्तो क्षति भएको हो । बाढीका कारण अन्य शैक्षिक सामग्रीमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् ।कक्षा कोठाभित्र ७ फिटसम्म पानी जमेको स्थानीयहरूले बताएका छन् ।

वर्षाका कारण मंगलबार बिहानदेखि नै नवलपरासीको गैंडाकोट क्षेत्र जलमग्न भएको छ । जसकारण सवारीसाधन साथै स्थानीयहरूलाई आवतजावत गर्न पनि कठिन भएको छ । वर्षाका कारण यहाँको जनवीवन प्रभावित बनेको छ ।

प्रकाशित : श्रावण १७, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?