म्याग्दीमा पहिरोमा परेर ५ जनाको मृत्यु- गण्डकी - कान्तिपुर समाचार

म्याग्दीमा पहिरोमा परेर ५ जनाको मृत्यु

घनश्याम खड्का

म्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।

पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलबार दिउँसो १२ बजेतिर झिकेका हुन् ।

पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

घोराहीमा एक पुरुषको शव भेटियो

कान्तिपुर संवाददाता

दाङ — घोराही उपमहानगरपालिका–१५ कपासीमा एक पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ ।

घोराही–तुलसीपुर सडकको किनारमा मंगलबार बिहान शव भेटिएको र उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । सडक छेउमा पल्टिरहेको भेटिएको र शरीरमा कुनै चोटपटक पनि नदेखिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १७, २०७९ १३:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×