ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्गअन्तर्गत अरुणखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट बर्दघाटतर्फ जाँदै गरेको ट्रकले मंगलबार बिहान ११ बजे राजमार्गमा हिँड्दै गरेका स्थानीय मानबहादुरलाई ठक्कर दिएको हो । 

ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजे ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित : श्रावण १७, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?