कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पोखरामा पहिरोमा परेर युवकको मृत्यु

लालप्रसाद शर्मा

पोखरा — पोखरा आइतबार मध्यरातमा आएको पहिरोले घरको कोठा भत्किँदा पोखराको डिहिगोपाटनमा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राति करीब एक बजेतिर पोखरा–६ डिहिगोपाटन, पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एकतले कच्चीघरको पछाडिबाट पहिरो आएको थियो । उक्त पहिरोमा परी गम्भीर घाइते भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ तातोपानी घर भएका सुनारलाई राति १ बजेर ५५ मिनेटमा उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएकोमा २ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पहिरोमा मृतक सुनारकी दिदी सुनीता घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे थाहा हुनासाथ कास्की प्रहरीका डिएसपी सुन्दर तिवारी र सशस्त्र प्रहरी बल कालीका गणका निरीक्षक उमेश ढकालको नेतृत्वमा ४० सुरक्षाकर्मी उद्धारमा खटिएका थिए । डिएसपी तिवारीका अनुसार सुनीताकी १० वर्षीया छोरी सिम्रनको सकुशल उद्धार गरिएको छ ।

प्रकाशित : श्रावण १६, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?