२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सवारी दुर्घटनामा तीन जना घाइते

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत पोखरा महानगरपालिका–३२ मजुवामा सोमबार साँझ ट्रकको ठक्करबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा कान्तिपुर टेलिभिजनका तनहुँ सम्वाददाता प्रताप रानासहित उनकी श्रीमति र छोरी छन् ।

पोखराबाट मोटरसाइकलमा तनहुँको भिमादतर्फ आउँदै गरेका रानासहित श्रीमति रमा थापा र छोरी ट्रकको ठक्करबाट घाइते भएका हुन् ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये राना र छोरीको अवस्था सामान्य रहेको र श्रीमतिको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मंगलबार विज्ञप्ति प्रकाशित गरी घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।

शाखाका अध्यक्ष उज्ज्वल पौडेलद्वारा जारी विज्ञप्तिमा दुर्घटनाका दोषीलाई तत्काल कानुनी कारबाही गर्न र घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन माग गरिएको छ । राना नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सचिव हुन् ।

प्रकाशित : असार २१, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?