कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बागलुङमा लागूऔषधसहित चार जना पक्राउ

प्रकाश बराल

बागलुङ — प्रहरीले सोमबार ठूलो मात्रामा लागूऔषधसहित बागलुङबाट चार जनालाई पक्राउ गरेको छ ।

बुटवलबाट बुर्तीवाङको बाटो भइ बागलुङ बजार ल्याएर बिक्री वितरणको तयारी गरेको अवस्थामा प्रहरीले लागूऔषध बरामद गरेको हो । प्रहरीले फेनागर्न ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल बरामद गरेको छ।

सोमबार दिउँसो बागलुङ नगरपालिका ३ को चिप्लेटी बसपार्कमा पार्क गरिएको लु २ ख ५३१६ नम्बरको बसबाट ती लागूऔषध बरामद गरेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखरा ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीको मुसिकोट नगरपालिका ५का ३८ वर्षीय सुरज घिमिरे, रुपन्देहीको देवदह नगरपालिका ६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्लाको लमही नगरपालिका ६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् ।

खैरो रंगको प्लाष्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। सुराकीको आधारमा प्रहरीले उक्त बसलाई बुर्तीवाङबाटै खोजी गरेको थियो ।

प्रकाशित : असार २०, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?