२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ड्युटीका प्रहरी कुटपिट गर्ने दुई शिक्षक पक्राउ

हरिराम उप्रेती

गोरखा — ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । 

गोरखा सिरानचोक गाउँपालिका–४ का रामेश्वर पोखरेल र रामशरण पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । शनिबार राति मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदै गर्दा लडेपछि उद्धार गर्न पुगेका प्रहरीमाथि उनीहरूले कुटपिट गरेका थिए ।

कुटपिटबाट अस्थायी प्रहरी पोष्ट चोरकाटेमा कार्यरत प्रहरी हवल्दार अर्जुनबहादुर सेन र प्रहरी जवान अनन्त रोका घाइते भएका छन् । अनुहार र टाउकोमा चोट लागेका रोकाको गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । प्रहरी कुटपिटको आरोपमा पक्राउ परेका दुवै जना शिक्षक हुन् ।

रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य मावि विरेन्चोकमा अध्यापनरत शिक्षक हुन् । ‘मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका उनीहरू चोरकाटे नजिकैको एउटा घुम्तीमा लडेछन्, आज बाइक लैजान मिल्दैन भोलि आउनुस् भन्दा सुरुमा मुक्का र पछि ढुंगाले हानेछन्,’ प्रहरी स्रोत भन्छ । आरोपित पोखरेलद्धय विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?