कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — गुडिरहेको बसको ढोकाबाट खसेर शनिबार बिहान बागलुङको गलकोटमा एक यात्रुको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–११ रिघाफेदीमा बसबाट खसेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान पौने ६ बजेतिर बा ३ ख ९१८० नम्बरको बसबाट बस्नेत अचानक सडकमा खसेका थिए । बस काठमाडौंदेखि रुकुम जाँदै गरेको थियो ।

बसबाट खसेपछि गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि गलकोटको हटियास्थित स्थानीय क्लिनिक लगिएको थियो । उपचारका क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि प्रहरीले बसचालक लालबहादुर बानियालाई नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गर्न चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित : असार १८, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?