धन्सार भत्किँदा बहिनीको मृत्यु दाजु घाइते

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको गल्याङ नगरपालिका-१० दुविनडाँडामा धन्सार भत्किँदा एक जनाको मृत्यु भएको छ । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण धन्सार भत्किँदा स्थानीय ढाकाराम भट्टराईकी छोरी रेखा भट्टराईको मृत्यु भएको छ भने उनका दाजु घाइते भएका छन् । 

धन्सारमा पुरिएकी रेखालाई गल्याङ नगर अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कच्ची धन्सार बिहीबार बिहान ५ बजे भत्किएको जिल्ला प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : असार १६, २०७९ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?