कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चट्याङ लागेर एक महिलाको मृत्यु

बागलुङ — चट्याङ लागेर बागलुङको काठेखोला गाउँपालिका ४ मा एक महिलाको मृत्यु भएको छ । तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको हो ।

चट्याङ लागेर एक महिलाको मृत्यु

आफ्नै घरमा खाना बनाइरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । चट्याङले उनको घरमा पनि क्षति पुर्‍याएको छ ।

बागलुङकै गलकोट नगरपालिकामा वर्षासँगै आएको बाढी र पहिरोका कारण एउटा घर भत्किएको छ । गल्कोट नगरपालिका ११ रिघाका ८३ वर्षीय कृष्णबहादुर कामीको घर पहिरोले भत्काएको हो ।

मंगलबार राति घरभन्दा ६० मिटर माथिबाट खसेको पहिरोले घर भत्काएको रानाले जानकारी दिए । वडाध्यक्ष डम्मबरबहादुर श्रीषका अनुसार उनको घरमा रहेका अन्नपात, लत्ताकपडा लगायत सामग्री पहिरोले पुरिएको छ ।

प्रकाशित : असार १५, २०७९ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?