१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

आश गुरुङ

तनहुँ — पहिरोका कारण तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । रातभरिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक बगाउनुका साथै सडक पुरेको छ ।

डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

बेंसीसहर नगरपालिका-१, उदिपुरमा डाइभर्सन सडक बगाएकोमा अहिले खुलाइएको छ । बेंसीसहर नगरपालिका-६, उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । पहिरोले गर्दा अधिकांश सडक अवरुद्ध भएको मर्स्याङ्दी गाउँपालिकाका सब-ओभरसियर शैलेन्द्र घिमिरेले बताए ।

मर्स्याङ्दी गाउँपालिका-४ का शिक्षक पञ्चबहादुर गुरुङका अनुसार शीरचौर र मनाङको म्यार्दीखोला नजिक पहिरो गएको छ । म्यार्दीभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख ईन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार सााझदेखिको वर्षाका कारण डुम्रेदेखि बेंसीसहर हुँदै मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । डुम्रे–बेंसीसहर सडकखण्ड खुल्ने र बन्द हुने भइरहेको छ । मंगलबार राति गएको पहिरो बुधबार बिहान पन्छाएर बाटो खुलाएको उनले बताए ।

मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बन्द भएका सडक खुलाउने गरिएको बताए ।

प्रकाशित : असार १५, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?