पूर्वी नवलपरासीमा महेन्द्रराजमार्ग अवरुद्ध

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको अरुणखोला दुम्कीबास सडक बगाउँदा महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको छ । सोमबार रातिको बाढीले डाइभर्सन सडक बगाएका कारण अरुणखोलामा राजमार्ग अहिले बिहानबाट अबरुद्ध भएको हो ।

महेन्द्ररामार्ग हुँदै पूर्वपश्चिमका लागि छुटेका गाडी प्रहरीले दुम्कीबास र चोरमारामा रोकेको जानकारी दिएको छ । एकै ठाउँमा लामो जाम नहोस् भनेर ती स्थानमा गाडी रोकिदिएको प्रहरीले जनायो । महेन्द्रराजमार्ग पराकिलो बनाउने क्रममा पुल र कल्भर्ड भएका स्थानमा डाइभर्सन सडक बनाइएको छ ।

वर्षामा आएको बाढिले दिनहुँजसो त्यस्ता डाइभर्सन बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको १ सय १४ किलोमिटर क्षेत्रमा करिब २ सय डाइभर्सन रहेको छ ।

सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । आउँदो साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नपर्ने सम्झौतामा उल्लेख भएपनि उसले १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कछुवा गतिमा काम गरेका कारण राजमार्गमा धेरै ठाउँमा खाल्डैखाल्डा छन् ।

प्रकाशित : असार १४, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?