१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धन्सारमा आगलागी हुँदा ६ बाख्रा मरे

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिकास्थित धन्सारमा आगलागी हुँदा बाँधेर राखिएका ६ वटा बाख्रा मरेका छन् । एउटा भैंसी घाइते भएको छ ।

धन्सारमा आगलागी हुँदा ६ बाख्रा मरे

बेंसीसहर नगरपालिका ३, दनाइँगाउँका शिवलाल श्रेष्ठको धन्सार गोठमा आगलागी हुँदा गोठभित्र खोरमा रहेका एउटा बोयरसहित २ बोका, ३ वटा खसी र १ वटा माउबाख्रा जल्नुका साथै निस्सासिएर मरेको प्रहरीले जनाएको छ । एउटा भैंसीको उपचार भइरहेको छ ।

सोमबार बिहान भएको घटनामा धन्सार गोठमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार क्षतिको विवरण अझै पनि यकिन भइसकेको छैन । उनका अनुसार आगलागीलाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ६ वटा बाख्रा र एउटा भैंसीसहित गोठमा क्षति भएको जानकारी दिए । घटनास्थलमा पुगेका उनले धेरै पशुचौपायको क्षति भएकाले नगरपालिकाले केही आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : असार १३, २०७९ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?