तनहुँमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु 

सम्झना रसाइली

तनहुँ — मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनुहँको भानु नगरपालिका-९ मा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया तारा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रकाशित : असार १३, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?