कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जिसस तनहुँको प्रमुखमा वाग्ले

सम्झना रसाइली

तनहुँ — जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा पुन: शान्तिरमण वाग्ले निर्वाचित भएका छन् । समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वाग्ले र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का बासुदेव थापा निर्वाचित भएका हुन् ।

जिसस तनहुँको प्रमुखमा वाग्ले

समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिकाबमोजिम गठबन्धनका उम्मेदवारहरूले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)ले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता नगरेपछि गठबन्धनका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित भएका हुन् । उनी व्यास नगरपालिका-३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । यसैगरी उपप्रमुख थापा आँबुखैरेनी गाउँपालिका-२ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

जिसस निर्वाचनका लागि कांग्रेस र माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमतिअनुसार सदस्यमा कांग्रेसबाट ६ र माओवादीबाट २ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

सदस्यका लागि कांग्रेसबाट भानु नगरपालिका १३ का चिरञ्जीवि ढकाल, आँबुखैरेनी-४ का नेत्र गुरुङ, ऋषिङ गाउँपालिका-२ की पानकुमारी खाँण, शुक्लागण्डकी नगरपालिका-१० का तिलादेवी राना र म्याग्दे गाउँपालिका-४ का डोलबहादुर सुनार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, माओवादीबाट सदस्यमा शुक्लागण्डकी-११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दिपुरकी लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : असार १२, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?