कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कावासोतीमा बँदेलको आक्रमणबाट ४ घाइते 

नारायण शर्मा

नवलपरासी पूर्व — कावासोती बजारमा आइतबार बिहान जंगली बँदेलको आक्रमणबाट २ प्रहरी सहित ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयमा सरसफाइ गरिरहेका बेला दुई जना प्रहरीलाई बँदेलले आक्रमण गरेको हो ।

बँदेलको आक्रमणबाट महिला प्रहरीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । उनलाई थप उपचाकार लागि भरतपुर अस्पताल लगिएको छ । अर्का प्रहरी स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन ।

प्रहरी कार्यालय परिसरबाट भागेको बँदेलले पन्चकन्या चोकमा सडकमा हिँडिरहेका २ जनालाई समेत आक्रमण गरेको छ । स्थानीय योगप्रसाद शर्मा र षडानन्द जैशी बँदेलको आक्रमणबाट घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुवैको अवस्था खतरामुक्त छ । कावासोती जंगलबाट चर्न निस्केको बँदेल गाउँतिर छिरेर आक्रमण गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित : असार १२, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?