महेन्द्रराजमार्गमा दुईतर्फी नै सवारी सञ्‍चालन

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत अरुणखोला र दुम्कीबास बीचमा बाढीले बगाएको डाइभर्सनमा सडक निर्माण गरेर यातायात सुचारु भएको छ ।

महेन्द्रराजमार्गमा दुईतर्फी नै सवारी सञ्‍चालन

स्थानीय कुमार श्रेष्ठका अनुसार खहरे खोलामा बगाएको डाइभर्सन निर्माण गरेर शनिबार दिउँसोबाट दोहोरो यातायात सुरु भएको हो । त्यहाँ बाढीले अस्थायी सडक बगाएका कारण शुक्रबार रातिबाट पूर्वपश्चिमका लागि छुटेका सवारीसाधन रोकिएका थिए ।

महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्चि सडक बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सयभन्दा बढी स्थानमा डाइभर्सन बनाएको छ । राजमार्ग निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले कछुवा गतिमा काम गरेका कारण महेन्द्रराजमार्ग खाल्डैखाल्डा छन् ।

आउँदो साउन २२ गते महेन्द्रराजमार्गका सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्नपर्नेमा जेठ मसान्तसम्म १७ प्रतिसतमात्र काम सम्पन्न भएको छ । महेन्द्रराजमार्ग फराकिलो बनाउन चिनियाँ ठेकेदार कम्पनीले १७ अर्बमा ठेक्का लिएको हो ।

प्रकाशित : असार ११, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?