डाइभर्सन बगेपछि महेन्द्रराजमार्ग अवरुद्ध

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोला र दुम्कीबास बीचको डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

डाइभर्सन बगेपछि महेन्द्रराजमार्ग अवरुद्ध

जिल्ला प्रहरीका अनुसार शुक्रबार राति २ बजे बाढीले त्यहाँको सडक बगाएका कारण महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको हो ।

महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा प्रहरीले रोकिदिएको छ । बगाएको खण्डमा राजमार्ग खुुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।

महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्चि सडक बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।

प्रकाशित : असार ११, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?