तनहुँका स्थानीय तहको बजेट ८ अर्ब ३१ करोड २४ लाख

सम्झना रसाइली

तनहुँ — तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० का लागि ८ अरर्ब ३१ करोड २४ लाख ५७ हजार ६९८ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेका छन् ।

तनहुँका स्थानीय तहको बजेट ८ अर्ब ३१ करोड २४ लाख

जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामध्ये भानु नगरपालिकाले बिहीबार र अन्य ९ पालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

जिल्लाको व्यास नगरपालिकाले १ अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको कुल बजेट अनुमान गरेको छ । शुक्लागण्डकी नगरपालिकाले एक अर्ब २२ करेड १६ लाख रुपैयाँ बराबरको बजेट अनुमन प्रस्ताव गरेको छ । भानु नगरपालिकाले ८९ करोड ६८ हजार रुपैयाँको बजेट अनुमान गरेको छ भने भिमाद नगरपालिकाले ६६ करोड ३७ लाख १६ हजार रुपैयाँ बजेट अनुमान प्रस्ताव गरेको छ ।

यस्तै, देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का ९२ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । आँवुखैरेनी गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ६० करोड ५३ लाख ३३ हजार ३३३ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । बन्दिपुर गाउँपालिकाले ६२ करोड ६२ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

म्याग्दे गाउँपालिकाले भने ७३ करोड २६ लाख ९५ हजार ३६५ रुपैयाँका बराबरको बजेट अनुमान गरेको छ । घिरिङ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ४९ करोड ६६ लाख ८९ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

ऋषिङ गाउँपालिकाले ४९ करोड ९९ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । तनहुँका स्थानीय पालिकाहरूले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि उत्पादन वृद्धि, बेरोजगार बनेका युवाहरूलाई घरगाउँमा स्वरोजगार बनाउने तथा स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकास लगायत क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

प्रकाशित : असार १०, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?