कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आँबुखैरेनी गाउँपालिकाको बजेट ६० करोड ५३ लाख

सम्झना रसाइली

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित ६० करोड ५३ लाख ३३ हजार ३३३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

आँबुखैरेनी गाउँपालिकाको बजेट ६० करोड ५३ लाख

गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले शुक्रबार ११औं गाउँसभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

प्रस्तावित बजेटमध्ये आर्थिक विकासतर्फ ८ करोड ९० लाख, सामाजिक विकासतर्फ १९ करोड १९ लाख, पूर्वाधारतर्फ १८ करोड ३६ लाख, वन वातावरणतर्फ एक करोड ३६ लाख, सुशासनतर्फ २ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, आयतर्फ संघीय सरकार सशर्त अनुदानबाट १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट १० करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ७० लाख, राजश्व बाडाफाँटबाट ८ करोड, प्रदेश सरकार अनुदानबाट एक करोड १६ लाख, सशर्त अनुदानबाट ४० लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रकाशित : असार १०, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?