शुक्लागण्डकी नगरपालिकाको बजेट १ अर्ब २२ करोड १६ लाख

सम्झना रसाइली

तनहुँ — जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब २२ करोड १६ लाख ३१ हजार ८२० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाको बजेट १ अर्ब २२ करोड १६ लाख

नगर उपप्रमुख खुमबहादुर बिकले शुक्रबार ११औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।

प्रस्तुत बजेटमध्ये विषयगत बजेटतर्फ २४ करोड ९५ लाख ३१ हजार ८२०, ससर्त अनुदानतर्फ ४१ करोड ९ लाख, प्रदेश समपुरकतर्फ ७० लाख, वडागत सिलीङतर्फ ९ करोड ७६ लाख, सडक बोर्डतर्फ ६० लाख, गरिबसँग विश्वेसरतर्फ ६ लाख, सामाजिक सुरक्षातर्फ २५ करोड, चालुतर्फ १७ करोड र जनसहभागितातर्फ ३ करोड गरी १ अर्ब २२ करोड १६ लाख ३१ हजार ८२० रुपैयाँ सार्वजनिक गरिएको छ ।

प्रकाशित : असार १०, २०७९ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?